नर्सको आन्दोलनबारे सरोकारवालासंग छलफल गर्दै मन्त्रालय
काठमाडौँ, १७ पुस । स्वास्थ्य मन्त्रालयले भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा भएको नर्सको विषयमा सरोकारवाला व्यक्तिसंग छलफल शुरु गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले सरोकारवालासंग छलफल शुरु गरेका छन् ।
आफूहरुलाई अन्यायपूर्ण ढंगले निस्काशन गरिएको भन्दै केन्द्रमा कार्यरत केही नर्स तथा नर्सिङ संगठनले आन्दोलन चर्काउन थालेपछि मन्त्रालय अघि सरेको हो ।
‘यो केश अलि पुरानै होइछ । मन्त्रालयले आफै सुल्झाउन अनौपचारिक सुझाव पनि दिएको थियो तर समाधान अहिलेसम्म निस्केन । नर्सका प्रतिनिधिहरुले आएर सुल्झाउन आग्रह गरेपछि हामीले बुझ्ने काम गरेका छौँ । त्यसको निस्कर्ष भने निस्किईसकेको छैन,’ प्रमुख विशेषज्ञ डा श्रेष्ठले भने ।
उनले सोमबार दिउसो नर्सिङ एसोसिएशनकी बरिष्ठ उपाध्यक्ष गंगा थापा, एन्टी करप्सन मुभमेन्टकी दिया भण्डारीसंग छलफल गरेका थिए । उनले अपरान्ह केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, मेट्रोन इन्दिरा प्रधानसंग समेत छलफल गर्ने बताए । ‘दुबैपक्षको छलफल पछि निस्कर्ष निकाल्छ,’ प्रमुख विशेषज्ञ डा श्रेष्ठले भने ।
नर्सिङ संघकी बरिष्ठ उपाध्यक्ष थापाले समस्या सुल्झाउने आज बेलुका सम्मको समयसिमा दिएकोले तत्काल निस्कर्ष निकाल्न आफूहरुले दवाव दिएको बताइन् । उनले निकालिएका नर्सहरुको पुर्नबहाली गरी समस्या समाधान गर्न सुझाव दिएको बताइन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

