अन्तर्राष्ट्रिय आरोग्य सम्मेलन नयाँ दिल्लीमा शुरू

76
Shares


नयाँदिल्ली, भारत, १९ मंसिर ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवद्र्धन गर्ने उद्देश्यले सोमबारबाट आरोग्य अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी शुरू भएको छ ।

आयुर्वेद उपचार, औषधि र गुणस्तरबारे छलफल हुनुका साथै आयुर्वेद तथा वैकल्पिक औषधि र अन्य उत्पादनको प्रदर्शनी पनि राखिएको छ ।

उदघाटन सत्रमा भारत सरकारका उद्योग मन्त्री सुरेश प्रभूले आयुर्वेदलगायत सबै किसिमका औषधि उत्पादनका लागि जैविक विविधतालाई जीवन्त राख्दै स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

भारतले विश्वभर ३३ प्रतिशत आयुषका उत्पादित औषधि निर्यात गरिरहेको उनले जानकारी दिए । भारतको उद्योग, आयुष मन्त्रालय र उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

आगामी चार दिनसम्म चल्ने सम्मेलनमा ७२ देशका प्रतिनिधीहर सहभागी भएका छन् । नेपालबाट नेपाल आयुर्वेद चिकित्सक संघ, सिंहदरबार वैद्यखाना, आयुर्वेद चिकित्सक, आयुर्वेद औषधि उद्योगका प्रतिनिधि, मिडियाका गरी नौ जनाको सहभागिता छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *