ट्रम्पद्धारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

वासिङटन, १० कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन् ।

बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उनले विश्वास गरेका छन् ।

दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

“अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ,” उनले भने ।

उनकी पत्नी प्रथम महिलासमेत सहभागी भएको ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले थपे, “यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र, कुनै समुदाय नै बाँकी छैन ।”

उनले यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउदै नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनु पर्नेमा जोए।

उनले संकटकाल घोषणाकाले अव अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइनेछ ।

कार्यबाहक स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिएको अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *