अमेरिकी हवाई आक्रमणबाट सिरियाको एक अस्पताल ध्वस्त

 

दमासकस, १० भदौं । सिरियाको राक्का शहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएको छ ।

अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ ।

त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध स्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी सेनाको मृत्यु मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ ।

राक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्र पुनःजिहादीले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको थियो ।

राक्का प्रान्तमा आइएस लडाकूलक्षित यस हवाई आक्रमणमा सिरियन डेमोक्र्याटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको संयुक्त गठबन्धनले सहभागीता रहेको छ ।

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादी विरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राक्का सहरको ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।

सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी यस आन्दोलनमा लाखौँ घाइते भएका छन् भने, लाखौँले देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । रासस÷एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *