गोरखपुरस्थित शिक्षण अस्पतालमा अक्सिजन सप्लाई बन्द हुँदा ६० को मृत्यु
भारत, २९ साउन । अक्सिजन सप्लाई बन्द हुँदा गोरखपुरस्थित बाबा राघबदाश मेडिकल कलेजमा उपचारका लागि आएका ६० बढी बच्चाको ज्यान गएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
सरकारी अधिकारीहरुले अक्सिजन अभाव भएर हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमले भने अस्पतालले अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ठूलोसंख्यामा हताहति भएको खबर सम्प्रेशण गरेका छन् ।
गोरखपुरका स्वास्थ्य मामिला हेर्ने विभागीय आयुक्त अनिल कूमारले भने, “हामीले अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीको मृत्यु भएको भनाइलाई लिएर प्रारम्भिक रिपोर्ट शनिबारसम्म आइपुग्ने गरी अनुसन्धान अघि बढाएका छौँ । हो, गत पाँच दिनमा उक्त अस्पतालमा ६० जनाको मृत्यु भएको छ तर हामीलाई सबै विरामीको अक्सिजनका अभावका कारण मृत्यु भएको जस्तो लाग्दैन ।”
राज्य सरकार मुख्य मन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा अस्पतालको बालचिकित्सा कक्षमा पाँच दिनको अन्तरमा ६० जनाको मृत्यु भएको भन्ने समाचारबारे अनुसन्धान गरी प्रतिबेदन पेश गर्न भनिएको छ ।
भारतीय हिन्दूस्थान टाइम्स दैनिकले आफ्नो शनिबारको अङ्कमा अस्पतालको अस्तव्यस्थताबारे समाचारमा उल्लेख गरेपछि अन्य सञ्चारमाध्यमले पनि यस बिषयलाई निकै महत्वका साथ प्रशारण गरेका छन् ।
आयुक्त अनिल कूमारले अस्पतालमा प्राय सिकिस्त विरामी भर्ना हुने गर्छन् त्यसैले सबै विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएको साँचो नहुन सक्छ । तरपनि जे कुरा बाहिर आएको छ यसबारे छानविन शुरुभैसकेको छ । सत्य तथ्य छिट्टै बाहिर आउने छ । रासस/एएफपी
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




