श्रीलङ्कामा डेङ्गुको प्रकोप घटेन, ३०० भन्दा बढीको मृत्यु

0
Shares

कोलोम्बो, १० साउन । श्रीलङ्कामा डेङ्गुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भए तापनि त्यो प्रभावकारी हुन सकिरहेको छैन ।

श्रीलङ्कामा यस बर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ३ सय १ जनाको मृत्यु भएको छ । डेङ्गुबाट १ लाख ५ हजार प्रभावित भएकोमा ३०१ को मृत्यु भएको श्रीलङ्का रेडक्रस सोसाइटीले मङ्गलबार सार्वजनिक गरेको छ ।

सन् २०१६ को तुलना यस बर्षको सुरुदेखि अहिलेसम्म नै डेङ्गु प्रभावितको सङ्ख्या दोब्बर भएको जनाइएको छ । सन् २०१६ मा डेङ्गु प्रभावित व्यक्तिको सङ्ख्या ५५ हजार १५० रहेको थियो ।

यसबर्षको सुरुदेखि हालसम्ममा यो सङ्ख्या एक लाख ५ हजार पुगिसकेको छ । अहिले पनि यसको प्रकोपमा कमी नअएको अधिकारीहरुको भनाई छ ।

श्रीेलङ्का रेडक्रसका स्वयंसेवकहरुको ठूलो सङ्ख्याले डेङ्गु प्रभावितहरुको रोकथामको लागि सरकारलाई सहयोग गर्दै आएको पनि जनाइएको छ ।

लामखुट्टेको कारण लाग्ने यस रोगको नियन्त्रणका लागि घर आँगन सरसफाइ राख्न पनि स्वयंसेवकहरुले सल्लाह दिएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *