सुर्तीका खोलमा भएका क्यान्सरका घाउ निको भएको हो ?
काठमाडौँ, ४ साउन । साहुजीहरुले सुर्ती खोलमा राखिएका क्यान्सरका डरलाग्दा घाउहरु पुरिदिएका छन ।
सुर्ती प्रयोग दरमा कमी ल्याइदिएपछि उनीहरुले मुखको क्यान्सर भएको घाउहरु पुरिदिएका हुन् ।
सुर्तीजन्य पदार्थको अनुगमन गर्ने सरकारी अधिकारीहरु भने यसबारे बेखबर देखिन्छन् ।
काठमाडौँमा उद्योग रहेको ग्रीन टोवाको कम्पनीको उत्पादन लाइक सुर्तीले केही महिना अघिसम्म करीब ६० प्रतिशत भागमा सुर्ती सेवनले हुने असर उल्लेख गर्दै मुखको क्यान्सरको डरलाग्दो तस्बिर राख्ने गर्दथ्यो तर अहिले त्यो तस्बिरलाई सम्पादन (इडिट) गरि घाउ पुरिएको छ ।
व्यापारमा कमी आएपछि डरलाग्दो घाउ मेटेर सादा तस्बिर राखिएको बताउँछन एजेन्ट मनोज चौधरी । त्यस्तै बदमासी श्रीराम सुर्ती उद्योगले उत्पादन गरेको जीत खैैनीको पोकामा पनि देखिएको छ ।
उसले पनि बाहिरको खोलमा हुने डरलाग्दो मुखको घाउ(क्यान्सर) हटाएर साधारण बनाइदिएको छ । डरलाग्दो घाउ हटाएपछि जीतको डिमाण्ड ह्वात्तै बढेको बागबजारस्थित पान पसलका विक्रेता रोशन यादव बताउछन् ।

९० प्रतिशत चित्र कुनै सुर्तीमा छैन
सरकारले २६ महिना अघि सुर्तीजन्य पदार्थको बाहिरी खोलमा चेतावनीमुलक स्वास्थ्य सन्देश सहित डरलाग्दा घातक चित्र राख्नुपर्ने नियम ल्याएको थियो ।
त्यसको कार्यान्वनय केही विदेशी चुरोट कम्पनीले कार्यान्वनय गरेका छन् । तर स्वदेशी चुरोट तथा सुर्ती उद्योगले अझै कार्यान्वनय गरेका छैनन् ।
सुर्ती उद्योगीहरु खुलेआम राज्यको नीति उल्लंघन गरेका छन तर नियमक अधिकारीहरु मौन बसेका छन् । आम सर्वसाधार भने यसको मारमा परेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



