लीलाधरको निःशुल्क उपचार हुने

80
Shares

 

राजविराज, ३० असार । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको पहलमा सप्तरीको वोदेवर्साइन नगरपालिका–६ बस्ने लीलाधर दास ९तत्मा० लाई निःशुल्क उपचार गरिने भएको छ ।

डिहीबारथान (मन्दिर) छोएको भन्दै गत असार १३ गते साँझ उनलाई स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आक्रमण गरेको पीडितको उजुरीमा उल्लेख छ ।

कुटपिटबाट ४२ वर्षीय लीलाधरको हड्डीमा समस्या देखिएकाले तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा रु एकलाख खर्च लाग्ने बताइएपछि आर्थिक अभावमा उनी निराश भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको क्षेत्रीय कार्यालयका प्रमुख दीपेन्द्र सिंहले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसँग उपचारको प्रबन्ध मिलाउने विषयमा छलफलपछि लीलाधरकोे आवश्यक कागजातसहितको सिफारिसका आधारमा प्रतिष्ठानबाट उनको निःशुल्क उपचार गर्ने तयारी भइरहेको प्रमुख सिंहले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *