श्रीलंकामा डेंगुको भिषण रुप : २२५ को मृत्यु, ७६ हजार बढी बिरामी

कोलम्बो २१ असार । लामखुट्टेको टोकाईबाट सर्ने रोग डेंगुले श्रीलंकामा भिषण रुप लिएको छ । केहि दिन यता देखिएको प्रकोपबाट २२५ जनाको मृत्यु भएको छ भने ७६ हजार बढी बिरामी परेका छन् । श्रीलंका सरकारले डेंगुको यो महामारी अहिलेसम्मकै सबैभन्दा भयानक भएको बताएको छ ।

लामखुट्टे ध्वस्त पार्न ४ सय बढी सेना प्रहरी परिचालन
डेंगुले महामारी रुप लिएपछि श्रीलंका सरकारले लामखुट्टेको बासस्थान ध्वस्त पार्न ४ सय बढी सेना प्रहरी परिचालन गरेको छ । उनीहरु लामखुट्टे रहने कुना काप्चा, पानी जम्ने ठाँउ तथा लामखुट्टेको प्रजनन हुने अन्य सम्भावित क्षेत्रको पहिचान गर्ने र ध्वस्त पार्ने कार्यमा खटिएका छन् ।

मनसुन पछि उब्जिएको समस्या
कोलम्वोका बरिष्ठ चिकित्सक डा. रुवन बिजयमुनीले अघिल्लो महिना भएको दुई ठूला बर्षा पछि आएको बाढीले ल्याएको फोहर त्यसैमा लामखुट्टै बस्न थालेपछि तिब्रगतिमा यो रोग फैलिएको हो । उनीहरुले बाढीले ल्याएको फोहरलाई सफाई गर्न समेत नसकेको बताए ।

घरमा छिर्न नपाउँदा नियन्त्रणमा समस्या
डा. बिजयमुनीले घरवरिपरिको बाताबरणमा सामान्य ध्यान दिएमात्रै पनि लामखुट्टे भाग्ने र रोगको संक्रमणको सम्भावना कम हुने बताए । तर उनले कतिपय बासिन्दाले सरसफाईमा ध्यान नदिएको र घरभित्र छिरेर जाँच गर्न तथा सरसफाई हेर्न खोज्दा समेत अवरोध गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *