थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

0
Shares

बैंकक, २० असार । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् ।

उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ र अरु संक्रमितका बारेमा अनुसन्धान जारी छ ।

संक्रमित भएको पुष्टि भएका ती व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाईबाट हुने गर्छ ।

गर्भवती यस भाइरसबाट प्रभावित भएको खण्डमा जन्मिने शिशुसम्म नै यसको प्रकोप सर्ने गर्दछ । त्यसैले यसबाट बच्न गर्भवतीलाई विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

उच्च मात्रामा ज्वरो आएमा अस्पताल गएर रगत जाँच गराउन सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गर्ने गरेका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *