कैदीबन्दीको निःशुल्क आँखा परीक्षण
 दाङ, २८ जेठ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
दाङ, २८ जेठ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासनले जनाएको छ ।
आँखा परीक्षण गराएका कैदीबन्दीमध्ये २१ जनालाई चश्मा प्रयोग र पाँच जनाको आँखामा मोतिविन्दु देखिएको गौतमले बताए । रासस
 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 