किटाणु मार्न तातो पानीले नै हात धुनुपर्छ भन्ने छैन : अध्ययन्

एजेन्सी – सामान्य त आम मानिसको धारणा तातोपानीले हात धोयो भने किटाणु मर्छ भन्ने छ तर हालै अमेरिकामा गरिएको अध्ययनले किटाणु मार्न तातो पानीले नै हात धुनुपर्छ भन्ने धारणालाई गलत सावित गरिदिएको छ । अनुसन्धानले यस्तो प्रतिवेदन दिएको छ कि चिसो पानीले हात धुँदा पनि तातो पानीले जस्तै फाइदाजनक हुन्छ ।

रुटगेयर्स युएस युनिभर्सिटीका प्राध्यापक डोनाल्ड भन्छन, किटाणु मार्नका लागि तातो पानीजस्तै चिसो पानी पनि लाभदायी हुन्छ । अनुसन्धानलाई उदृत गर्दै उनी भन्छन, ‘१० सेकेण्डसम्म हात धुँदा व्याक्टेरियाको सजिलैसंग मर्न सक्छ । अनुसन्धानकर्ता भन्छन्, हात धोएपछि सहज महसुस हुनुपर्छ यसमा पानीको तापक्रमको कोही प्रभाव पर्दैन ।’

यसरी गरियो अनुसन्धान
अनुसन्धानमा सहभागी २१ जनाको हातमा हानी नगर्ने खालको ब्याक्टेरिया राखिएको थियो । यसपछि छुट्टा छुट्टै तापक्रमको पानीले हात धुन लगाइयो ।

साथै सामुवको मात्रा समेत छुट्टा छुट्टै थियो । नतिजा यस्तो आयो कि चिसो पानीले धुनेको हात र तातो पानीले धुनेको हात दुबै सफा थियो र व्याक्टेरिया थिएन । यति मात्रै होइन अनुसन्धानले यो पनि भनेको छ कि सावुनको मात्रै धेरै लगाउनुपर्छ भन्ने पनि छैन । तर हात राम्ररी धुनुपर्छ ।

किन गरियो यस्तो अनुसन्धान ?
यो अनुसन्धान खासगरी रेष्टुराँ तथा खाद्य उद्योगको ध्यानमा राखेर गरिएको थियो । हरेक चार बर्षमा युएस फूड एवं ड्रग एडमिनिष्ट्रेशनले नयाँ गाइड लाइन जारी गर्छ । यसपटक जारी गरेको सरसफाईको गाइडलाइन हरेक फुड रेस्टुराँमा ३७ डिग्री सेल्सियस सम्मको तामक्रम रहेको पानी उपलव्ध हुनुपर्ने बताइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *