ओवामा केयर हटाउने विधेयक अमेरिकी प्रतिनिधि सभाबाट पारित
वासिङ्टन, २२ बैशाख । पूर्व राष्ट्रपति बाराक ओवामाले ल्याएको ओवामा केयर हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना आंशिक सफल भएको छ । ओवामा केयरको सट्टा ट्रम्पले अघि सारेको नयाँ हेल्थकेयर विधेयक विहीबार हाउसअफ रिप्रेजेन्टेटिव्स अर्थात प्रतिनिधि सभाबाट पास भएको छ । यो पास हुनुलाई राष्ट्रपति ट्रमको तीन महिने कार्यकालमा संसदमा भएको पहिलो जीतको रुपमा हेरिएको छ ।
राष्ट्रपति भए लगत्तै ट्रम्प गत मार्चमा ओवामा केयर हटाई उसको सट्टा नयाँ हेल्थकेयर विधियेक ल्याउन चाहेका थिए । तर मतदान हुने अन्तिम समयसम्म उनकै सांसदहरु ‘कन्भिन्स’ नभएपछि फेल हुने डरले सो विधेयक फिर्ता लिएका थिए । यसपटक भने उनले आफ्ना संसदहरुलाई राम्ररी कन्भिन्स गर्न सफल भए ।
प्रतिनिधी सभामा २१७ जनाले नयाँ विधेयकको पक्षमा मतदान गरेका थिए । रिपब्लिकनलाई यो विधियेक पारित गर्नका लागि २१६ भोट भए पुग्दथ्यो । बीलको पक्षमा एक जना डेमोक्रेट्सले सांसदले भोट गरेनन् । अमेरिकन हेल्थ केयर एक्ट बीलका लागि रिपव्किन पार्टी भित्र प्रर्याप्त समर्थन जुटेपछि यो विल पास भएको हो ।
त्यतिवेला रिपव्लिकन पार्टीकै कतिपय सांसद विधेयकमा स्वास्थ्य सम्वन्धी महत्वपूर्ण विषयहरु काटिएको भन्दै असन्तुष्टी जनाएका थिए भने कतिपयले परिवर्तन खासै भएन भन्दै प्रस्तावको खुलेर समर्थन गरेका थिएनन् ।
तर ट्रम्प यसपटक ढुक्क थिए । उनले भने, ‘मैले दुई बर्षसम्म यसको लागि अभियान चलाएँ । म जहाँ जहाँ गएँ त्यहाँ ओवामा केयरबाट जनताहरुमा परेको खराब असरहरु देखेको थिएँ । जहाँसम्म मलाई लाग्छ कि बीमाका लागि अव प्रिमियम घटाउन शुरु हुनसक्छ ।
मलाई भरोसा छ अव हामीले यसलाई सिनेटबाट पनि पारित गराउँछौँ ।’
ओवामा कियरको विरुद्ध ल्याइएको नयाँ विधेयक प्रति डेमोक्रयाट सदस्य, विरामी, चिकित्सक तथा अस्पतालका कयौँ समूहले विरोध गर्दै नाराबाजी गरेका छन् ।
सम्पर्क इमेल : [email protected]