गर्मी मौसममा बेल खाँदा फाइदै फाइदा

हिन्दू परम्परा अनुसार बेलको पातलाई शिवजीको पूजा गर्न प्रयोग गरिन्छ । तर यसको पाकेको फल भने खानमा उपयोगी हुन्छ ।

बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्शियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ ।

बेलका फाइदाहरु :

१. गर्मी मौसममा बेलको सेवन गर्नाले लू लाग्ने समस्याबाट बच्न सकिन्छ । साथै बेलको गुदीलाई निकालेर पानीमा घोली सर्बत बनाएर पिउनाले शरीरलाई शीतलता प्रदान गर्छ ।

२. बेलको सेवनले झाडापखाला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. यसको सेवनले खाना पचउनमा मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्दछ ।

४. बेलको सेवनले पेट सम्बन्धी बिभिन्न समस्याबाट मुक्ति मिल्छ ।

५. यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।

६. बेलको नियमित सेवनले रगत सफा हुनुका साथै यसमा नुन मिसाएर खानाले आवाज सुरीलो बनाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *