ग्यास्ट्रिक समस्याबाट जोगिने सात सरल उपाय

ग्याष्ट्रिक नेपालीहरुको साझा समस्या हो भन्दा फरक पर्दैन । अस्वस्थकर खाना, समयमा नखाने बानी, अनावश्यक औषधि सेवन गर्ने बानी आदिले ग्यास्ट्रिक समस्या निराकरण गर्नुको साटो झन् बल्झाउँछ । यसबाट जोगिन के गर्ने बीर अस्पतालका पेटरोग विशेषज्ञ प्राडा भूपेन्द्रकुमार बस्नेतले सात वटा टिप्स दिएका छन् :
- चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने
- रक्सी, चुरोट जस्ता धूमपान तथा मध्यपानको सेवन नगर्ने
- सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने
- चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने( ग्यास्ट्रिक मात्रै होइन सबै खालका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्नुपर्छ )
- रेसा र चोकरयुक्त खस्रा, मोटा खानेकुरा खाने
- सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने
- पानी प्रशस्त पिउने
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



