वायुप्रदुषण झेलेका महिलालाई स्तन क्यान्सरको सम्भावना बढी :अध्ययन


लण्डन, २ बैशाख । वायुप्रदुषण उच्च भएको क्षेत्रमा रहने महिलाहरुलाई स्तन क्यान्सरको सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ । अमेरिकास्थित फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भर्खरै सम्पन्न गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो ।

विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यो अध्ययनका लागि मेमोग्राफिक स्क्रिनिङ गरेका करीव २ लाख ८० लाख महिलाहरुको स्वास्थ्य रिपोर्ट गरे । त्यसैगरी ती महिला बस्ने स्थानको वायुप्रदुषणको अवस्थाको पनि जानकारी लिए । यसबाट बायु प्रदुषणयुक्त स्थानका महिलाहरुमा स्तनक्यान्सरको सम्भावना बढी हुने पत्ता लागेको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार उच्च वायु प्रदुषणयुक्त क्षेत्रमा बसोबास गर्ने महिलाहरुको स्तनको घनत्व बढी (ठूलो)हुने र त्यसले स्तन क्यान्सरको जोखिम बढने देखिएको हो ।

अनुसन्धानकर्ता लुसिन यागयानले भने, ‘ हावामा प्रदुषणको मात्रा पीएम २.५ अंकले अंकले बढदा महिलाको स्तनको घनत्व तथा तन्तु चार प्रतिशत सम्म बढी भएको देखियो । र स्तन अश्वभाविक रुपमा बढदै जाँदा क्यान्सरको जोखिम बढी भएको पाइयो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *