ब्लड क्यान्सरले थलिएकी सोनाको उपचारका लागि आर्थिक सहयोग

64
Shares

पाँचथर, १ वैशाख । ब्लड क्यान्सरले विगत छ महिनादेखि थलिएकी पाँचथर याङ्बरक गाउँपालिका–३ साविक ओयाम गाविसकी सोना योङ्यालाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर रहेकी स्थानीय देउप्रसाद योङ्याकी १६ वर्षीया छोरी सोनाको उपचारका निम्ति समथिङ फाउन्डेसनले रु छ लाख ८८ हजार ११० को चेक फिदिममा एक कार्यक्रम गरी हस्तान्तरण गरको हो ।

फाउन्डेसनका अध्यक्ष मङ्गल बेघाले सोनाका बुबा देउप्रसादलाई उक्त चेक रकम हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेका नेपालीबाट रु छ लाख ५६ हजार, हङ्कङबाट रु २० हजार १६० र दक्षिण कोरियाबाट रु ११ हजार ५०० रकम सङ्कलन भएको थियो ।

फिदिमस्थित कञ्चनजङ्घा एकेडेमीमा कक्षा ११ मा अध्ययनरत सोनाका परिवारले उपचारमा अहिलेसम्म रु पाँच लाख खर्च गरिसकेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *