बेसीसहरको बालगृहमा निःशुल्क स्वास्थ्य परीक्षण

0
Shares

लमजुङ, २५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा बेसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त ठानी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इंले बताए ।

जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थ थापाले बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण कार्य प्रसंशीय रहेको बताए ।

कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका चिकित्सकहरुले बालबालिकाको स्वास्थ्य परीक्षण तथा भूपू सैनिक डेन्टलहोमले पनि बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *