बेसीसहरको बालगृहमा निःशुल्क स्वास्थ्य परीक्षण
लमजुङ, २५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा बेसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त ठानी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इंले बताए ।
जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थ थापाले बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण कार्य प्रसंशीय रहेको बताए ।
कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका चिकित्सकहरुले बालबालिकाको स्वास्थ्य परीक्षण तथा भूपू सैनिक डेन्टलहोमले पनि बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको थियो । रासस
सम्पर्क इमेल : [email protected]