ओम अस्पतालद्धारा ४ सय बढीको नि:शुल्क स्वास्थ्य परीक्षण

शिविरमा ससाना केटाकेटी देखि ८५ बर्षसम्मका बृद्धबृद्धासम्मको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्त्री रोग, नाक, कान, घाँटी, हाडजोर्नी, सामान्यचिकित्सा, दन्त रोग, चर्म रोग, मानसिक रोग, आँखा रोग, मुटु सम्वन्धी परीक्षण गरिएको संयोजक विश्वविक्रम रानाले जानकारी दिए ।
सो अवसरमा बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । आफनै टोलमा वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराई औषधि समेत निशुल्क पाएकोमा स्थानीयहरु निकै खुशी देखिएका थिए ।
यसअघि स्वास्थ्य शिविरको उद्घाटन गर्दै ओम अस्पतालका अध्यक्ष उद्धव पौडेलले सामाजिक उत्तरदायित्व अन्र्तगत शिविर संचालन गरिएको बताए ।
अस्पतालका प्रबन्धनिर्देशक बाबुकाजी कार्कीले स्थानीयहरुसँगको सम्बन्धलाई प्रगाढ बढाउन यस्ता शिविर महत्वपूर्ण हुने भन्दै शिविरका बिरामीहरुलाई अस्पतालमा छुटको समेत व्यवस्थागरिएको जानकारी दिए ।
कार्यक्रममा अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम सहित बोर्ड अफ डाइरेक्टरहरुको पनि उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : [email protected]