घाइतेको उपचार भएको अस्पतालमै विषालु ग्याँस आक्रमण, मृतकको संख्या ५८ पुग्यो

दमास्कस, २२ चैत । विद्रोही नियन्त्रीत क्षेत्र उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५८ पुगेको छ । सो घटनामा सयौँ व्यक्ति घाइते भएका छन् ।

विद्रोही नियन्त्रीत त्यस इलाकामा मंगलबार विहानै विषालु ग्याँस आक्रमण भएको थियो । आक्रमणमा केही हताहती भएको र थुप्रैको स्थानीय अस्पतालमा उपचार हुँदै थियो । तर आक्रमणकारीले घाइतेको उपचार भईरहेको सो अस्पताललाई निशाना बनायो । सो आक्रमणमा परि अहिलेसम्म ५८ जनाको मृत्यु भएको र त्यसमा दर्जनौँको संख्यामा बालबालिका भएको बताइएको छ ।

सरकार विरोधी प्रतिपक्षले आजको आक्रमण सरकारले गरेको दावी गरेको छ । यद्धपी सरकारले त्यसको खण्डन गरेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको जनाएको छ ।

इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्रहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ । आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् ।

यसैबीच, सिरियाको प्रतिपक्षी पार्टीले ग्यास आक्रमण गर्ने कार्य अमानविय र मानवअधिकार विपरित भएको भन्दै घटनाको छानविन गर्न माग गरेको छ ।

प्रतिपक्षी नेश्नल कोलिसनले सुरक्षा परिषद्को आपतकालिन बैठक तत्काल बोलाएर खुल्ला र निश्पक्ष छानविन गर्न लगाउन संयुक्त राष्ट्रसङ्घसँग माग गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *