जानी राखौँ : यस्तो बेला बेसार प्रयोग गर्नु हानिकारक हुनसक्छ

बेसारका कैयौँ फाइदा छन् । कतिपय रोगमा बेसारलाई एन्टिबायोटिकका रूपमा समेत प्रयोग गर्ने गरिन्छ । तर, यही बेसार कुनै वेला भने खतरनाक सावित हुनसक्छ :

गर्भावस्था  : गर्भावस्था या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ ।

पत्थरी : पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ ।

शुक्रकिट  : खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो हुन्छ ।

अप्रेसनपछि  : शरीरमा कुनै प्रकारको अप्रेसन गरिएको अवस्था छ भने खानामा बेसारको मात्रा पूरै बन्द गरिदिए राम्रो हुन्छ । बेसारले रगत जम्न दिँदैन । अप्रेसनपछि पनि बेसार खाइरहे घाउबाट रगत बगिरहनसक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *