आनन्दकुटी विद्यापीठमा केडीसीको दन्त शिविर

0
Shares

काठमाडौँ, १८ चैत । बसुन्धरास्थित केडीसी हस्पिटलले आनन्दकुटी विद्यापीठमा एक दिन निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकलाई लक्षित गरि आयोजना गरिएको शिविरमा १०२ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए ।
परीक्षणका लागि केडीसीबाट डेन्टल डाक्टर स्मिता ढकालको टोली आनन्दकुटी पुगेको थियो ।

‘हामीले स्कुले बालबालिका, शिक्षक तथा अभिभावकहरुको दन्त परीक्षण गरयौँ, सामान्य दाँत उखल्ने र मुख तथा दन्त स्वस्थ्य सम्वन्धी जानकारी दिने काम गरयौँ ‘  डा. ढकालले भनिन् ।उनले अधिकांशमा दाँतमा किराले खाने समस्या भएको बताइन् ।

केडीसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा गएर नियमित रुपमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा मुख स्वास्थ्य सम्वन्धी जनचेतना दिदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *