ताइवानमा बर्डफ्लुको सङ्क्रमण

ताइपेई, १३ चैत । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ ।

बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो ।

ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर्ष मात्रै १५ प्रकारका फ्ल्युको सङ्क्रमण भएको बताइएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *