ताइवानमा बर्डफ्लुको सङ्क्रमण

52
Shares

ताइपेई, १३ चैत । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ ।

बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो ।

ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर्ष मात्रै १५ प्रकारका फ्ल्युको सङ्क्रमण भएको बताइएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *