तीतेकरेला खाँदा हुन्छन् यी नौ फाइदा

352
Shares

१. तीतेकरेलामा भरपूर मात्रामा भिटामिन ए, बी तथा सी पाइनुका साथै क्यारोटीन आइरन, बीटा क्यारोटीन, लूटीन, पोटासियम, म्याग्नेसियम पनि पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

२. श्वास सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । करेलाको जुस बनाएर पिउनाले फोक्सोसम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

३. शरीरमा हुने इन्फेक्सनबाट बचाउनुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउँछ ।

४. यसको सेवनले अनुहारको दाग हटाउनुका साथै छालामा हुने समस्याबाट बचाउँछ ।

५. करेलामा इन्सुलिनका साथै रसायन पाइने हुनाले मधुमेहका बिरामीले सेवन गर्नाले ब्लड सुगर लेवल कम गर्छ ।

६. करेलामा फाइवरको मात्रा हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ र कब्जियतको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

७. यसले रगतलाई स्वस्थ बनाउनुका साथै मिर्गौलामा हुने पत्थरीको समस्याबाट मुक्ति मिल्छ ।

८. यसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोरेलको मात्रा कम गर्छ र हृदयघात हुनबाट बचाउँछ ।

९. तीतेकरेलामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *