काबुल अस्पताल आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुग्यो

काबुल, २६ फागुन । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ ।

चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन् ।

छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमणमा परी प्रायः डाक्टर, नर्स, बिरामीहरू परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

अफगानिस्तानमा जारी हिंसा हत्या र आतङ्कसँग आवद्ध द्वन्द्वमा परी गत बर्ष ३ हजार ४९० व्यक्तिको मृत्यु हनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहयोग मिसनले जनाएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *