विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी

0
Shares

हनोइ, ३ माघ । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् ।

स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार, सिकिस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।

एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये छ जनाको मृत्यु हुनुका साथै १० जना सिकिस्त बिरामी भएको प्रारम्भिक विवरणमा जनाइएको छ ।
प्रान्तीय अस्पतालका निमित्त प्रमुख हा त्रुङ दुङले उनीहरुलाई सोमबार राति अवेर अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा भर्ना भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको उनले बताए ।

घटनाका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *