स्थापनाको १४ बर्षमा न्याम्सबाट १४ सय बढी जनशक्ति उत्पादन

काठमाडौँ, २ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्थापना भएको चौध बर्षको अवधीमा १ हजार ४ सय बढी दक्ष जनशक्ति उत्पादन गरेको छ । सन् २००२ बाट शैक्षिक कार्यक्रम सुरु गरेको न्याम्समा अहिले प्रमाणपत्र तहको (पिसिएल नर्सिङ) देखि विद्यावारिधि तह(डीएम एमसीएच)सम्मको अध्ययन हुन्छ ।

न्याम्सका डीन प्राडा यहुनचन्द्र सिवाकोटीले सन् २००५ मा पहिलो ब्याच निस्किए यता विभिन्न तह र विषयमा गरि १ हजार ४ सय ५९ जना जनशक्ति उत्पादन भएको बताए ।

‘अहिले त सातवटा विषय र तहमा भर्ना लिएका छौँ तर पासआउट ती सबैबाट पास आउट भईसकेका छैनन्,’ डीन सिवाकोटीले भने ।

अधिकांश सरकारी अस्पतालमा कार्यरत चिकित्सकले पढन पाउने विद्याबारिधी तहको पढाई डीएम एमसीएच उत्तीर्ण गर्नेको संख्या ३१ पुगेको छ । त्यस्तै स्नातकोत्तर तह एमडी एमएस एमडीएस उत्तीर्ण गर्नेको संख्या ७६७ पुगेको छ । पिएचडी र स्नातकोत्तर तहको मानिने यी दुबै तहको अध्ययन सरकारले गतवर्षदेखि भने निशुल्क गरिदिएको छ ।

त्यस्तै पीसीएल नर्सिङबाट जाने पोष्ट व्यासिक व्याचलर अफ नर्सिङ (पीबीबीएन) उत्तीर्ण गर्नेको संख्या २३१ छ । पीसीएल नर्सिङ ३५४ जना र एनेस्थेसिया सहायकको कोर्ष (एएसी) उत्तीर्ण गर्नेको संख्या ७६ पुगेको छ ।

न्याम्सले अहिले नर्सिङमा स्नातकोत्तर तह एमएन र रेडियोलोजी तर्फको विएस्सी एमआईटी समेत सुरु गरेको छ । यद्धपी ती कोर्षहरुको अन्तिम नतिजा आईसकेको छैन् ।

डीन सिवाकोटीले न्याम्सले सरकारी अस्पतालका दक्ष विशेषज्ञहरु उत्पादन गर्न ठूलो भुमिका खेलेको बताए । उनले न्याम्सको स्थापना भएसगै दुर्गम गएर सेवा गरेका सरकारी चिकित्सकहरुले पढ्न पाएको बताए ।

‘हामी पहिलो प्राथमिकता सरकारी चिकित्सकलाई दिन्छौँ । प्रवेश परीक्षा पास गरेका सरकारी चिकित्सक पहिलो प्राथमिकता हुन्छ । त्यसपछि मात्रै अरु,’ डीन सिवाकोटीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *