चिनीले घटाउँछ तनाव, बनाउँछ रोमान्टिक

चिनीको स्वाद गुलियो । हामीले खाने विभिन्न परिकारमा यसको प्रयोग गरिन्छ । चिनीको मिठासबारे कुरा गरिराख्नै परेन ।

तर वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि चिनीले रिस कम गर्न भूमिका खेल्छ । अर्थात चिनीले रोमान्टिक बनाउछ । उनीहरुले भनेका छन् चिनी खाँदा जिब्रोमा जति मिठास बन्छ त्यति तनाव अन्त्य गरेर मिठो प्रतिफल पनि दिन्छ ।

लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानलाई उदृत गर्दै यस्तो दावी गरेका छन् कि चिनीले रिस अन्त्य गरेर दिमाग शान्त र रोमान्टिक बनाउन मद्दत गर्छ । उनीहरूका अनुसार मस्तिष्कको एक हिस्साले हरेक कुराको निर्णय लिने र आक्रोश नियन्त्रित गर्ने काम गर्छ र चिनीले मस्तिष्कको उही हिस्सामा ऊर्जा दिएर सक्रिय बनाउँछ ।

यो प्रकृयामा कैयौँ पुरुष र महिलालाई दुई समूह बनाएर अनुसन्धान गरिएको थियो । एक समूहलाई चिनी राखिएको कागती पानी र अर्को समूहलाई कृत्रिम मिठासयुक्त परिकार खान दिइएको थियो ।

अनुसन्धानकर्ताहरुले भनेका छन्–चिनी मिसाइएको कागती पानी पिउनेको दिमाग अर्को समूहको तुलनामा केही बेरमै शान्त र रोमान्टिक पाइएको थियो ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *