छोरा पाउने भन्दा भन्दै सोह्र छोरी जन्मिएपछि…

भारत, १८ पुस। गुजरातमा छोराको चाहना राख्दा राख्दै एक दम्पतीले १६ जना छोरी सहित १७ जना सन्तान जन्माएका छन् । यद्धपी दुई छोरीहरुको मृत्यु भएको छ ।

गुजारातको आदिवासी क्षेत्रका सामान्य खेती किसानी गर्ने राम सिंह र उनकी श्रीमती कानू संगोटले छोराको चाहना गर्दा झण्डै डेढ दर्जन सन्तान जन्माएका हुन् । धेरै सन्तान जन्माएको भन्दै गाउँले सम्झाउन थालेपछि भने रामसिंहले केही महिना अघि मात्रै पत्नी कानूको परिबार नियोजन गराएका छन् ।

स्थानीय महिला सरपंच बियरल बेन भन्छिन्, खासमा राम सिंहको दम्पत्तीले दुई छोराको चाहना राखेको थियो । सोही योजनामा सन्तान जन्मिदै गयो । तर छोरा भएन् । जतिवेला एउटा छोरा जन्मियो त्यतिवेला छोरीहरु धेरै भईसकेका थिए ।

बेनका अनुसार सिंह दम्पतीले धेरै छोरीपछि जन्मेको एउटा छोराले छोरीहरुको ख्याल गर्न नसक्ने भन्दै पुन अर्को छोरा पाउने योजनामा त्यतिधेरै सन्तान जन्मिन पुगेको हो ।

दुई विघा जग्गामा गहु मकै खेती गर्ने रामसिंहका लागि यतिवेला बर्षौटे सन्तान जोगाउन र हुर्काउन गाह्रो भएको छ । १७ सन्तान जन्माएपनि सिंह दम्पत्तीको अहिले भने १४ छोरी सहित १५ जना सन्तान जिवित छन् । दुई छोरीको मृत्यु भयो, दुई जना छोरीको विहे भईसकेको छ । अरु दुई जना कामका लागि राजकोटमा छन् । बाँकी ११ जना भने उनीसंग बस्दै आएका छन् ।

धेरै सन्तान भएकै कारण राम सिंहलाई आफ्नो कुनै सन्तानको जन्ममिति थाह छैन् ।

समाचार आएपछि भारत सरकारले दुई सन्तान मात्रै जन्माउन अघि सारेको नारा हम दो हमारे दो लाई सिंह दम्पत्तीले चुनौती दिएको टिप्पणी गर्नेहरु बढेका छन् ।

श्रीमती कानूले आफ्नो समुदायमा छोरीहरु प्रति छोराको दायित्व बढी हुने भएकोले अझै एउटा छोरो जन्माउने योजना बनाउँदा केही बढी भएको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *