एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग

0
Shares

 

गुल्मी, १ पुस –  गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियानलाई तीव्रता दिइएको छ ।

उक्त अभियानबाट हालसम्म स्वदेश तथा विदेशका विभिन्न व्यक्तिबाट रु २० लाख बराबरको आर्थिक सहयोग भएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिए ।

एम्बुलेन्स सेवा सञ्चालनका लागि केही महिनाअगाडि देखि निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्रका नेपालीबाट आर्थिक अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भोगिरहेका यस क्षेत्रका जनताको स्वास्थ्य उपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष घिमिरेले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *