बाँकेमा हैजा रोगविरुद्वको खोप अभियान सुरु

0
Shares

khop

बाँके, १५ मंसिर –  हैजा विरुद्धको खोप अभियान बाँकेमा सुरु भएको छ ।

पहिलो चरणअन्तर्गत मङ्गबारदेखि १८ गतेसम्म र दोस्रो चरण पुस २ गतेदेखि ६ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।

यो खोप एक वर्ष माथिका सबैलाई भए पनि गर्भवती र सिकिस्त बिरामीले खान नहुने उनले बताए।

विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्र निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो ।

यसैबीच बाँकेको टिटिहिरिया गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसका १९२ जनाले लगाउनुपर्ने सबै ११ प्रकारका खोप लगाएपछि सो गाविसलाई पूर्र्ण खोपयुक्त गाविस घोषणा गरिएको गाविस सचिव तप्तराज आचार्यले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *