मिर्गौलाको पत्थरी झिक्न बीर अस्पतालमा नयाँ प्रविधि : न चिर्नु पर्ने, न प्वाल पार्नु पर्ने
काठमाडौँ, १० मंसिर – नेपालकै जेठो बीर अस्पतालले मिर्गौलाको पत्थरीको उपचारका लागि भने संसारमै सबैभन्दा कान्छो मानिएको प्रविधि भित्र्याएको छ । सो प्रविधिबाट अस्पतालले सेवा प्रारम्भ समेत गरेको छ ।
दुरबीनको सहायताले मिर्गौलाको पत्थरी निकाल्ने शल्यक्रिया (रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी आरआईआरएस) सेवा बीर अस्पतालमा बिहीबारबाट सञ्चालनमा आएको छ । काठमाडौँ सितापाइलाकी २९ बर्षीया अनिशा ज्ञवालीको १३. ८ एमएमको पत्थरी आरआईआरएस पद्धतीबाट निकाली यो सेवाको सुरुवात गरिएको हो । युरो सर्जन डा. अनिल श्रेष्ठ को टोलीले बिहीबार नै ज्ञवाली पछि अर्का एक व्यक्तिको पनि यहिप्रविधिबाट पत्थरी निकालिदिएको छ ।

मिर्गौलाको पत्थरी झिक्ने विभिन्न पद्धतीमध्ये आरआईआरएस सबैभन्दा पछिल्लो र प्रभावकारी मानिन्छ । यो पद्धतीबाट शल्यक्रिया गर्दा न बिरामीको पेट चिर्नुपर्छ न त प्वाल नै पार्नुपर्छ ।
युरो सर्जन डा. श्रेष्ठ भन्छन्, ‘यो पद्धतीमा मुत्र नलिबाट मसिनो दुरबीनसहितको तार जस्तो उपकरण मिर्गौलाको पत्थरी भएसम्म पठाउने र पत्थरीलाई लेजर प्रविधिबाट टुक्रा पार्ने र त्यहि मसिनो नलिबाट पत्थरी बाहिर झिक्ने गरिन्छ । घाउ हुने तथा रगत बहने अवस्था नै नआई गरिने शल्यक्रिया भएकोले बिरामी पत्थरी झिकेको केही घण्टामै सामान्य अवस्थामा आउछ । दोस्रो दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्छ ।’
उनले मिर्गौलाको पत्थरी झिक्ने यो पद्धती संसारकै सबैभन्दा ‘लेटेष्ट’ भएको बताए । विकसित देशमा पनि यो पद्धती आएको केही बर्ष भएपनि चर्चा पाएको धेरै नभएको भन्दै नेपालमा पनि यो प्रविधि भित्रिएको धेरै नभएको बताए । ‘केही निजी अस्पतालले यो प्रविधि भित्रयाएका छन् तर आम सर्वसाधारणको पहुँचमा छैन । अर्थात खर्चको हिसावले महंगो छ । तर बीरले सर्वसाधारणलाई लक्षित गरी निकै सस्तोमा यो सेवा सुरु गरेको छ,’ उनले भने ।
‘युरोप अमेरिकातिर २० – २५ हजार डलर लाग्छ । नेपालमा यो पद्धती सुरु गरेका अस्पतालमा यो शल्यक्रिया एक डेढ लाख लाग्छ तर हामी कहाँको शल्यक्रिया शुल्क २० हजार रुपैयाँ मात्र हो ,’ उनले यो पद्धती अत्यन्त मंहगो भएपनि आम सर्वसाधारणको पहुँचमा पुरयाउन अत्यन्तै न्युन शुल्क लिएको बताए ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले आम सर्वसाधारणको पहुचमा उच्चस्तरीय प्रविधि सहितको उपचार सेवा दिलाउने प्रयास स्वरुप आरआईआरएस सेवा सुरु गरेको बताए ।
‘यो सेवा अत्यन्त महंगो पर्ने सेवा हो तर बीर अस्पतालले आम सर्वसाधारणको पहुचमा पुरयाउन न्युनतम शुल्कमा यो सेवा सुरु गरेको छ ।’ निर्देशक डा बस्नेतले भने, ‘यसले विरामी र परिबारलाई लामो समय अस्पतालमा बस्नुपर्ने झन्झट, घाउमा संक्रमण हुने डर, रक्तश्राव हुने डर सबै रोकेको छ ।’
न्युरो सर्जन डा श्रेष्ठले यो पद्धतीबाट १५ एमएम सम्मको पत्थरी झिक्न मिल्ने बताए । उनले बिरामीले शल्यक्रिया गरेको केही घण्टाबाटै सामान्य खाना खान सक्ने, हिडडुल गर्न सक्ने र तेस्रो चौथो दिनबाट दैनिक कार्यसमेत सञ्चालन गर्न सक्ने अवस्थामा पुग्ने बताए । ‘यो शल्यक्रिया नै हो तर यसमा न चिरेर घाउ बनाइन्छ । न प्वाल पारिन्छ । त्यसैले बिरामीले केही घण्टामै नर्मल अवस्थामा आउछन् । तर एनेस्थेसिया दिइएको हुनाले २४ घण्टा निगरानीमा राख्नुपर्छ । नत्र उहि दिन घर जान पनि सकिन्थ्यो’ डा. श्रेष्ठले भने ।
सम्पर्क इमेल : [email protected]
well done.keep up the good work.best wishes to Dr Anil Shrestha and team
congratulation anil ..keeo it up
.great work
congratulation to entre new equipment.