स्वस्थ र लामो कपालका लागि यसरी गर्न सकिन्छ अण्डाको प्रयोग

healthy here

कपाल ७० प्रतिशत केराटिन नामक प्रोटिनबाट बनेको हुन्छ । हरेक अण्डामा ३.६ देखि ६.५ ग्राम प्रोटिन रहेको हुन्छ, यसमा पाइने प्रोटिनको कारणले अण्डालाई स्वस्थ कपालको लागि प्रयोग गर्न सकिन्छ ।

कपाल बृद्धिका लागि कसरी गर्ने अण्डाको प्रयोग  ?

१. अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।
२. यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।
३. आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।
४. कपडाको प्रयोग गरी कपालमाभएको पानी हटाउनुहोस् ।
५. त्यसपछितयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।
६. सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।
७. त्यसपछि कपाल सफापानीले धुनुहोस् । यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार एवं स्वस्थ राख्न मद्दत गर्छ ।

तर याद रहोस् अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मनिदैन । महिनामा एक  पटक प्रयोग गर्नु उत्तम हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *