ट्रान्जिटमा रहँदा जन्मेको शिशुलाई आमाले फालिन विमानस्थलको शौचालयमा

viyana-airport1
भियना (अस्ट्रिया), २६ कात्तिक – ट्रान्जिटमा रहँदा जन्मेको एक शिशुलाई उनकी आमाले विमानस्थलको शौचालयमा फालेकी छन् । प्लास्टिकले बेरेर फोहर फाल्ने डब्बामा फालेका फालिएका शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान भियना विमानस्थलको शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेकी थिइन । विमानस्थल प्रशासनले तत्कालै शिशुलाई आपतकालीन उपचारका लागि स्थानीय एक अस्पतालमा पु¥याइएको थियो । तर शिशुको ज्यान जोगिएन ।

विमानस्थलका प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै बताए ।

शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म दिएपछि उनले त्यहाँ फालेको बताइएको छ ।

शिशुकी आमालाई पनि स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनले बच्चा किन त्यसरी फालिन् भन्ने विषयमा उपचारपछि अनुसन्धान गरिने प्रहरी प्रवक्ताले बताए । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *