कान्तिपुर जनरल हस्पिटलले ताइवानको टुङ्स टाईचुङ हस्पिटलसंग सहकार्य गर्ने

508
Shares

drbmshrestha_taiwaan_mou1-1

काठमाडौँ, २३ कात्तिक – बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटल एण्ड डेन्टल कलेजले ताइवानको टुङ्स टाईचुङ मेट्रो हर्बोर हस्पिटलसंग सहकार्य गर्ने भएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अन्तराष्ट्रिय अनुभव हासिल गर्न तथा आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको क्षमता अभिबृद्धि गर्न सहकार्य गर्न लागेको हो ।

सहकार्य गर्न कान्तिपुर जनरल हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ कात्तिकको दोस्रो साता ताइवान पुगेका थिए । ‘१७ कात्तिकका दिन टुङस् टाइचुङ मेट्रो हस्पिटल र कान्तिपुर जनरल हस्पिटलबीच चार बुदे समझदारी पत्रमा हस्ताक्षर भयो ।टुङस् टाइचुङका तर्फबाट अध्यक्ष डा. जाईनेन टुङ र कान्तिपुरको तर्फबाट म आफैले समझदारी पत्रमा हस्ताक्षर गरेको छु,’ सहकार्यबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुरका अध्यक्ष डा. श्रेष्ठले भने ।

उनका अनुसार समझदारी पछि कान्तिपुरलाई आवश्यकता अनुसार स्रोत साधन तथा जनशक्तिको क्षमता अभिबृद्धि गर्ने काममा ताइवानले सहयोग गर्नेछ । त्यसका लागि ताइवानबाट विशेषज्ञ चिकित्सक तथा प्रशिक्षकहरु आउनेछन् । टाइचुङको पद्धती र प्रविधि हेर्न कान्तिपुरका जनशक्ति समेत ताइवान जानेछन् ।

‘खासमा टुङस टाइचुङ हस्पिटल ताइवानकै अतिनै सुविधासम्पन्न अस्पताल रहेछ । त्यसकारण हामीले सो अस्पतालसंग सहकार्य गर्ने निर्णय गरयौँ । यसले हामीलाई अन्तराष्ट्रिय स्तरको सेवा पद्धती र प्रविधि थप्न मद्धत पुग्नेछ,’ डा. श्रेष्ठले भने ।

साझेदारीमा दुई अस्पतालबीच श्रोत साधन तथा क्षमता अभिवृद्धिमा तालिम आदानप्रदान गर्न प्रत्येक वर्ष एकआपसको अस्पताल भ्रमण एवं अध्ययन गर्ने, नेपालका विशेषज्ञलाई ताइवानका विशेषज्ञहरुबाट तालिम गराउने, उपकरणको वृद्धि गर्न प्राविधिक सहयोग आदानप्रदान गर्ने लगायत विषय उल्लेख गरिएको छ ।

अस्पतालले मुख क्यान्सर परीक्षणको अभियान चलाउने भएको छ । यसमा पनि दुई अस्पतालबीच सहकार्य हुने अस्पतालका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *