पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडी बढ्यो

0
Shares

काठमाडौँ, १९ कात्तिक –  श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।check-up

यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको थियो ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ/संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए ।

“सूचना तथा सञ्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ, उनले भने, त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ ।”त्यसैगरी सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा पनि पत्रकारलाई कसरी लाभान्वित गराउने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । 

यता  नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भने बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिइने भन्ने व्यवस्था कार्यान्वयन हुन नसकेको प्रति असन्तुष्टि व्यक्त जनाए । उनले सो व्यवस्था कार्यान्वयनका लागि महासङ्घले सञ्चार, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समेत पटक÷पटक अपिल गर्दै आएको भन्दै अब पनि कार्यान्वयन नभए दवाव मुलक कार्यक्रम अघि सार्ने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *