म्यानमारमा जिका भाइरसविरुद्ध सतर्कता

jika

याङ्गोन, १६ कात्तिक – म्यानमारले जिका भाइरसविरुद्ध सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा जिकाको एक विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको छ ।

एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको छ । सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ ।

यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस्तो संक्रमणबाट ती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।

लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ ।

जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *