नमुना म्याग्दी जिल्ला अस्पताल

magdai
म्याग्दी, २ कात्तिक – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन्।

अस्पतालको अनुगमन भ्रमणका क्रममा आज सदरमुकाम बेनी आएका मन्त्री थापाले नेपालका अरु जिल्ला अस्पताललाई म्याग्दी जिल्ला अस्पताल जस्तै सहज उपचार सेवा प्रदान गर्नसक्ने प्रविधि र चिकित्सकयुक्त अस्पताल बनाउन आवश्यक भएकामा जोड दिए ।

सरकारी सुविधा र बजेटका अतिरिक्त स्थानीय र विदेशमा रहेका म्याग्देलीको सहयोगले तीन वर्षयता म्याग्दी अस्पतालमा सुविधायुक्त पूर्वाधार निर्माण भएका छन् । पन्ध्र शय्याको सो अस्पतालले हालै ५० शय्याको स्वीकृति पाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *