बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट तीन घाइते

ambulance

इनरुवा, २८ असोज – सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् ।

रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *