स्वास्थ्य शिविरबाट पाँच सय लाभान्वित

0
Shares

म्याग्दी, १६ असोज – म्याग्दीको बरंजा–४ आरवाङमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५०० जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र गतिशील युवा क्लबले आयोजना गरेको एकदिने शिविरबाट ५०९ जनाले सेवा लिएका हुन् । बरंजा, अर्मन, भकिम्लीलगायत ठाउँका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिइएको थियो ।

जिल्ला अस्पतालका चिकित्सक धीरेन मल्ल, अम्बालिका शाक्य, अनिल पोख्रेल, शशिकृष्ण लामिछानेलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो । बाथरोग, हाइड्रोशील, पाठेघर, हर्निया, हाडजोर्नी, ग्यास्टिक, नशा रोगको उपचारका साथै भिडियो एक्स–रे सेवा दिइएको थियो ।

पाठेघर, हर्निया र अन्य रोगका शल्यक्रिया गर्नुपर्ने २२ जना बिरामी पहिचान गरी जिल्ला अस्पतालमा पठाइएको छ । ५९ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । रु १४ लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सिंहवीर बुढाथोकीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *