‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

pregnancy

गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी हुन्छ तर यसपछि प्राप्त हुने सन्तानलाभले ती सबै कष्ठहरु भुलाई दिन्छ ।

पछिल्लो समय अस्पताल पुरयाएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी  सुत्केरी (सिजेरियन सेक्सन) हुने गरेको पाइन्छ । प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन् । त्यसकारण प्राकृतिक रुपले सुत्केरी हुन गर्भवतीका लागि केही सुझावहरु छन् ।

१. तनाबबाट टाढै रहनुस् : तनाब बढ्नु गर्भवती महिलाका लागि राम्रो होइन् । किनकी चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउन समेत मद्धत गर्छ । खासगरी तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यति तपाईँ गर्भवती हुनुहुन्छ र तनाव महसुस भइरहेको छ भने तत्काल चिकित्सकको परामर्स लिनु हितकर हुनेछ ।

२. नियमित रुपले व्यायम गर्नुहोस् : हुन त गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी छ भनेर भन्ने गरिन्छ । तर त्यो संग थोरै थोरै कसरतको पनि उत्तिकै आवश्यकता पर्दछ । कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ भने दुखाई सहने क्षमता समेत बढाउछ । कसरतले जाँघको मासंपेशी मजबुत बनाउछ जो सुत्केरी हुने बेलामा दुखाईसंग लड्न तपाईँको मद्धत गर्छ । तथापी गर्भवस्थामा गरिने कसरले तपाईँको स्वास्थ्यमा सुधार ल्याउन सक्छ । तर कसरत गर्दा व्यायम प्रशिक्षक तपाईँको साथमा रहन जरुरी छ । कहिलेकाही गर्भावस्तामा गरिने सामान्य गल्तीले तपाईँको ज्यान खतरामा पर्न सक्छ ।

३. खानपानमा ध्यान दिनुहोस :
सामान्य रुपमा सहज सुत्केरी हुनका लागि गर्भअवस्थाका बेलाको खानपानमा पनि निर्भर हुन्छ । गर्भअवस्थाका बेला कतिपय महिलाहरु कमजोर हुन्छन् । त्यसका लागि चिकित्सकले आवश्यक औषधि पनि दिन्छन् । यदि तपाई सामान्य रुपमा सुत्केरी हुन चाहनुहुन्छ भने समयमै खाने र सही आहार खाने गर्नुपर्छ । खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ ।

४ प्रशस्त पानी पिउनुहोस् पानी तपाईँको लागि शरीरलाई स्फुर्ती गर्न मात्रै होइन कि सामान्य सुत्केरी बनाउन पनि मद्धत गर्छ । गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ । तातो पानीले तपाईलाई गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ ।

५.धूमपान मध्यपानको सेवन नगर्नुस : धूमपान र मध्यपानले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यसले रगतमा हुने आइरनको नास गरिदिन्छ ।आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ । र यी सबैको असरका कारण सामान्य सुत्केरी हुन कठिनाई हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *