बैतडीमा सुरक्षित प्रसूति केन्द्र १२०

बैतडी, १४ असोज –  जिल्लामा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या १२० पुगेको छ । बिहीवार बैतडीको सित्तड गाविसमा सुरक्षित प्रसूति सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

बर्थिङ सेन्टर निर्माण गरिसकेपछी सित्तडको खौलाबजारमा एक कार्यक्रमको आयोजना गरी बर्थिङ सेन्टरको उद्घाटन गरिएको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए ।

योसँगै बैतडीमा एक सय २० बर्थिङ सेन्टर स्थापना भएका छन् । महिलाले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले बैतडीका विभिन्न ठाउँमा बर्थिङ सेन्टर स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सित्तड–५ र ६, रिम–८ र ९ र गोकुलेश्वर–९ का गर्भवती महिलालाई लक्षित गरी सुरक्षित प्रसूतिसेवाको उद्घाटन गरिएको हो । गाविस सचिव शेरसिंह विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा गुणराज अवस्थी रहेका थिए ।

कार्यक्रममा डाक्टर अवस्थीले जिल्लालाई २०७४ साल भित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार जिल्लाका विभिन्न ठाउँमा बर्थिङ सेन्टर स्थापना गरिन लागेको बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीको सहभागिता रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *