प्रम दाहालबाट भरतपुर अस्पतालको निरीक्षण

bharatpur-hospital

चितवन, १३ असोज –  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आफूले संसद्मा राखिसकेको बताएका छन् । भरतपुर अस्पतालको आज बिहान निरीक्षणपछि बोल्दै उनले यसले स्वास्थ्यको पहुँच नपुगेका जनतालाई समेट्ने विश्वास व्यक्त गरे।

सरकारले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले भने – भरतपुर अस्पताललाई सरकारी तवरबाट हुनसक्ने सहयोग गर्न म तयार छु ।

सबैभन्दा पुरानो स्थापित र आमजनताले विश्वास गरेको यो अस्पतालका बारेमा बुझ्न अपर्झट आफू आएको जानकारी दिँदै उहाँले अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै लैजान निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले अस्पतालका आकस्मिक कक्ष, प्रसूति कक्ष, सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष, शल्यक्रिया कक्षलगायतका सबै वार्डमा पुगेर बिरामी र तिनका आफन्तसँग उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

सो क्रममा बिरामी र आफन्तले भोग्नुपरेका समस्या र पाएका सुविधाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । छिमेकी जिल्लाबाट आएका बिरामीले सामान्य उपचारका लागिसमेत भरतपुरसम्म आउनुपरेको भन्दै छिमेकी जिल्लाका अस्पतालको स्तर वृद्धिका लागि पनि आग्रह गरेका थिए ।

सो क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी र अर्का डा.भोजराज अधिकारीले अस्पतालका तर्फबाट ज्ञापनपत्र दिँदै प्रदेशमा स्थापना गर्न लागिएको मेडिकल कलेज भरतपुर अस्पतालमा पार्न, अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न र थप स्तर वृद्धि गर्न आग्रह गरेका थिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *