मिर्गौलापीडित उपचारका लागि सहयोग

0
Shares

म्याग्दी, १२ असोज –  म्याग्दी बिम ९ का मिर्गौला रोगी कुमार पुनको उपचारका लागि अष्ट्रेलियामा रहेका म्याग्देलिहरुले आर्थिक सहयोग गरेका छन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका ३२ वर्षिय विपन्न परिवारका पुनको उपचारार्थ अष्ट्रेलियाबाट रु एक लाख २८ हजार पाँच सय सहयोग जुटेको हो ।

अष्ट्रेलियामा रहेका म्याग्दी ताकमकी जुलि फगामीको पहलमा त्यहाँ संकलन भएको सो रकम अस्पतालमै पुगेर पिडित पुनलाई हस्तान्तरण गरिएको समन्वयकर्ता नेकपा माओवादी केन्द्रका नेता पुष्कर विकले बताए ।

त्यस्तै म्याग्दी बरन्जा घर भई हाल काठमाण्डौ बस्दै आएकी कमला श्रीस मगरले रु १० हजार र ताकम धारापानीका अर्जुन थापाले रु ४ हजार गरेको सहयोग पनि पिडित पुनलाई हस्तान्तरण गरेको छ ।

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेका पुनको उपचारका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । यस अगाडि पनि विभिन्न क्षेत्रबाट पुनको उपचारका लागि सहयोग प्राप्त भएको जनाएको छ ।

यसैगरी पुनको उपचारका लागि बिम घर भई हाल जापानमा कार्यरत सालीन बिक र उनकी श्रीमती निशाले पचास हजार रुपैयाँ समेत सहयोग गरेका थिए ।

उपचारमा लाखौँ खर्च लाग्ने भएपछि अहिले काठमाण्डौमा रहेका पुस्कर विकको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन जुटाउन थालिएको छ ।

‘‘पुनको पारिवारिक अवस्था नाजुक छ, सबै मिलेर सहयोग जुटाउन सके पुनलाई नयाँ जिवन दिन सकिन्छ भनेर लागिपरेका छौँ, संयोजक विकले भने – यस अयिभानमा सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौँ ।’’ रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *