राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत

bicc

काठमाडौँ, ९ असोज –  व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए ।

बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *