राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत
काठमाडौँ, ९ असोज – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए ।
बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




