प्रहरीको शिविरमा १२ सयको स्वास्थ्य परीक्षण

0
Shares

भक्तपुर, ९ असोज –  नेपाल प्रहरीको ६१औँ दिवसको अवसरमा शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २५७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल प्रहरी अस्पतालको चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको शिविरमा जनरल मेडिसिन, मानसिक रोग, दन्त परीक्षण, जन्डिस, युरिकएसिड, छाला तथा यौनरोग, सर्जरी, बालरोग, स्त्रीरोग, इसिजी, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा, पिसाब, रगत, मधुमेहको परीक्षण गरिएको थियो ।

शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको शिविरका संयोजक राविब बडाइलीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *