भद्रपुर बन्यो पुर्णखोपयुक्त नगरपालिका

0
Shares

bhadrapur-nagarpalika

भद्रपुर, ८ असोज –  भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको ‘द्वार एक सेवा अनेक’ समारोहको स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरे ।

सो अवसरमा स्थानीय विकास अधिकारी ओझाले भद्रपुर नगरपालिकाले नगरवासीका सेवा एवम् सुविधाका लागि गरिएको प्रयास सराहनीय छ भने । उनले भद्रपुर नगरपालिका खोपयुक्त नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै जिविसबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको अध्यक्षतामा कायक्रम सम्पन्न भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *