अस्पतालमा सेवा विस्तार तीव्र, आधुनिक शवगृह निर्माण

 

bharatpur-hospital

चितवन, ७ असोज –  भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ ।

आकस्मिक कक्षलाई पुनःनिर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासा आएपछि अस्पतालले आकस्मिक कक्षमा सुधार गरी नयाँ रुप दिएको छ ।

आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन आपूर्ति, भेन्टिलेटर, डिफ्रिबेलेटर, एसीसहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन गरिएको अस्पतालका मेसु डा द्रप्रसाद मरासिनीले जानकारी दिए ।

यसअघि आइसियु, पोस्ट अपरेटिभ वार्ड, शल्यक्रिया कक्षमा समेत सेवा सुविधा विस्तार गरी प्रविधिमैत्री बनाइएको छ ।

आइसियुलाई आधुनिक प्रविधि प्रयोग गरेर क्षमता विस्तार गरी २८ श्ययाको बनाइएको छ । विसं २०६६ मा सात बेडबाट आइसियु सुरु भएको थियो ।

स्तरीय र आधुनिक श्ययाको समेत व्यवस्था गरिएको भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धवार्ड र पोस्ट अपरेटिभ वार्डलाई समेत विस्तार गरिएको र एकै ठाउँबाट छवटा सम्म शल्यक्रिया गर्न मिल्ने गरी शल्यक्रिया कक्षसमेत आधुनिक बनाइएको छ ।

यही वर्षबाट भरतपुर अस्पतालमा सिटी स्क्यान ल्याउने कामसमेत सुरु भएको छ । भरतपुर अस्पतालले ‘ए’ र ‘बी’ ब्लकको निर्माण पूरा गरेसँगै ‘सी’ ब्लक भवन निर्माणसमेत सुरु गरेको छ । यसका लागि रु २८ करोड ८२ लाख रकम सरकारबाट स्वीकृत भएको अस्पताल विकास समितिले जनाएको छ ।

भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुनेछ ।

भवनको तल्लो भुइँतलामा सिटी स्क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्स–रे, ल्याब, इसिजी, इको, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङ्कोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुनेछ । अस्पतालमा सर्जिकल, न्युरो र कार्डियोलोजी विभाग रहेका छन् ।

आधुनिक शवगृह निर्माण

सरकारी अस्पतालमध्येमै राजधानी बाहिर सुविधायुक्त मानिने चितवनको भरतपुर अस्पतालमा चार वर्षको अन्तरालपछि शवगृह निर्माण सम्पन्न भएको छ ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुर, चितवनको सहयोगमा व्यवस्थित शवगृह निर्माण भएको भरतपुर अस्पताल विकास समितिले जनाएको छ ।

यसअघि पटकपटक शवगृह निर्माणका विषयमा भरतपुर अस्पताल र मेडिकल कलेजबीच मतान्तर हुँदा शवगृह अलपत्र अवस्थामा थियो । निर्माण सम्झौताका विषयमा विवाद हुँदा लामो समय शवगृह निर्माणको काम रोकिएको भरतपुर अस्पतालले समेत स्वीकार गरेको छ ।

पछि अस्पताल विकास समितिले दिएको दबाबका कारण शवगृह निर्माण सम्पन्न भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए।
सअघि अस्पतालको मूलद्वारमै शवगृह हँुदा दुर्गन्ध फैलिँदै आएको थियो ।रासस


One thought on “अस्पतालमा सेवा विस्तार तीव्र, आधुनिक शवगृह निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *