सर्पको डसाइबाट चारवर्षीय बालकको मृत्यु

snake bite

पर्सा, ७ असोज –  विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो ।

घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दै गएको गर्मी र वर्षाको कारण खेत तथा खुल्ला स्थानमा पानी जमेपछि उच्च स्थानतर्फ विशालु सर्प आउन थालेपछि तराईको बारा, पर्सामा सर्प दंशको घटना बढ्दै गएका छन् ।

आहारा र सुरक्षाको खोजीमा उच्च स्थान तथा बस्तीतर्फ आएका सर्पले डस्दा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. राकेश झाले जानकारी दिए। अस्पताल आउने बिरामीमध्ये आधा विषालु सर्पको डसाइबाट बिरामी हुने गरेको डा झाको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *