नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियारद्धारा एक डाक्टरमाथि मुद्धा दायर

0
Shares

CIAA-office-building

काठमाडौँ, ५ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा मुद्धा खेपिरहेका नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल अफिसर डा कुशराज गिरीमाथि झुटा शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले डा. गिरीको आइएस्सी तहको प्रमाणपत्र नक्कली भएको आरोप लगाएको छ ।

विहार विद्यालय परीक्षा समिति पटना भारतबाट १९९० मा जारी भएको उनको आइएस्सीको प्रमाणपत्र नक्कली भएको आरोप छ ।

अख्तियारले डा. गिरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिमको कसुर गरेको देखिएकोले राष्ट्रसेवक मेडिकल अधिकृत कुशराज गरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिमको सजाय हुनुपर्ने माग दावी गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *